सल्यानी सेवा समाजमा तदर्थ समिति

३ चैत्र २०७५, आईतवार ०७:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सल्यान थातथलो रहेर बाँकेमा रहेका सल्यानीहरुको नेपालगञ्जमा सम्पन्न भएको सल्यानी सेवा समाजको अधिवेशनमा नयाँ नेतृत्वको लागि सहमति जुट्न नसकेपछि राजेस सेनको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिको छ ।
तदर्थ समितिको कार्य अवधी छ महिनाको हुने छ । उपाध्यक्षमा चित्रबहादुर बिक, सचिवमा ई विवेक लामिछाने, सहसचिवमा यशोदा शाह, कोषाध्यक्षमा दुर्गा खत्री चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा कुलबहादुर डाँगी, बासुदेव शर्मा सावित्री गिरी र हेमराज शाही रहेका छन्् । तदर्थ समितिले छ महिना भित्र पुन अधिवेशनको आयोजना गरी नयाँ कार्यसमिति चयन गर्दै समाजलाई विभिन्न सामाजिक गतिविधिमा संलग्न हुने सचिव लामिछानेले जानकारी दिए ।

Next Post

गुणस्तरीय पेपरको नेपालगञ्जमा बिक्री शुरु

३ चैत्र २०७५, आईतवार ०७:३६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका उत्साही युवाहरुले युरोपको लोकप्रीय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिम भित्र्याएका छन् । अष्ट्रियाको मोन्डी ग्रुपले उत्पादन गर्दै आइरहेको फोटोकपी पेपरको आइतवारदेखि नेपालगञ्जमा औपचारिकरुपमा बिक्री शुभारम्भ गरिएको छ । विश्वकै सर्वोत्कृष्ट ननकोटेड कागज दाबी गर्ने उक्त पेपर गुजरातस्थित एक्सेल इण्टरप्राइजेजको सहकार्यमा ग्रिन एण्ड क्लिन […]

सम्बन्धित