बाँकेमा शुक्रवार ३३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ११ भाद्र २०७८, शुक्रबार १५:१९
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा १९१ जनाको परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १ सय जनाको परीक्षण गर्दा २१ जना, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको परीक्षण गर्दा ११ र बागेश्वरी ल्याबमा ३९ जनाको परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेल वलीले जानकारी दिए ।


यस्तै कोरोनामुक्त भएर शुक्रवार ३० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राराले उठिबास लगाएको बैजनाथको राराली बस्ती पुनः विद्युत लाइन विस्तारले उठिबास हुने खतरा भन्दै बुझाए ज्ञापन

११ भाद्र २०७८, शुक्रबार १५:१९
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउपालिका वडानं. १ र ४ का बासिन्दाले विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत दैलेख १३२ केभिए प्रशारणको हाईटेन्सन लाईन विस्तारको लागि आफुनो बस्ती नै जोखिममा पार्ने गरी योजना बनाईएको भन्दै बिरोधमा उत्रिएका छन् । उनीहरुले हाल प्रस्ताव गरिएको सो योजना सच्याउन माग गर्दै जिल्ला प्रशाशन कार्यालय बाँके मार्फत ज्ञापनपत्र […]