समाजवादी युवा संघ बाँकेका अध्यक्ष एमालेमा फर्किए

सदरलाइन संवाददाता ७ कार्तिक २०७९, सोमबार १५:२९
 

खजुरा (बाँके) : एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा संघ, बाँकेका अध्यक्षसहित ३ जना युवा एमालेमा फर्किएका छन् । एमालेको नीति विचार र व्यवहार नै आफ्ना लागि उपयुक्त भएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

युवा संघका अध्यक्ष सुनिल रसाइली, एकीकृत समाजवादीका जिल्ला सदस्य तथा युवा नेता शालिकराम गिरी र बैजनाथ गाउँपालिका कमिटी सदस्य तथा युवा संघका जिल्ला सदस्य अशोक विक सोमवार एमालेमा फर्किएका हुन् ।


उनीहरुलाई प्रदेश कमिटी सदस्य घननाथ खनाल, बाँके क्षेत्र नं। ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा बाँके जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष डिल्ली बिसी, जिल्ला कमिटी सचिवालय सदस्य किशोर थापालगायतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवार गाई तिहार मनाईंदै

७ कार्तिक २०७९, सोमबार १५:२९
नेपालगञ्ज : तिहार अन्तर्गत मंगलवार गाईको पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र […]