फुटेको आँखाको भिजन आँखा अस्पतालमा सफल उपचार

१३ श्रावण २०७६, सोमबार १९:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : आँखाको उपचारका लागि सामान्यदेखि जटिल समस्या लिएर काठमाण्डौ र भारतको लखनउ पुग्न नपर्ने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी सामान्यदेखि जटिल समस्याको सघन उपचार नेपालगञ्जको भिजन आँखा अस्पताल मै संभव भएपछि आँखाका विरामीले अनेत्र भौतारिनु नपर्ने भएको हो ।
कालिकोटकी ३३ वर्षिया शिला धामीको गाउँमै काम गर्दा ४ महिना अगाडि आँखामा चोट लागेर फुटेको आँखाको उपचार नेपालगञ्जको भिजन अस्पतालमा संभव भएपछि सो कुराको पुष्टी भएको हो ।
आँखा फुटेर उपचारको लागि आएकी धामिले नेपालगञ्ज मै उपचार गरेर कालिकोट फर्केपछि उपचारको क्रममा आँखा सिलाउदा लेन्स पनि फुटेर मोतियाबिन्दु भई आँखा सेतो भएपछि पुन नेपालगञ्ज आएको बताईन ।
सुरुकै अस्पतालमा जचाउन जाँदा आँखाको अवस्था देख्ने वित्तिकै यहाँ हुँदैन लखनउ कि काठमाण्डौ जानु भनेपछि खर्चको अभावले नेपालगञ्जमै भौतारिदै गर्दा भिजन आँखा अस्पताल पुगेकी थिईन ।
‘फुटेको आँखा सिलाउदा लेन्स पनि फुटेको रहेछ । फुटेको लेन्सका कारण आँखा सेतो भएर मोतियाविन्दु भई सकेको थियो । हामीले फेको पद्दतीको प्रयोग गरी फुटेको लेन्स फालेर अर्को लेन्स प्रत्यार्पण गर्दा उनको आखाको रोशनी फर्काउन सफल भएका छौ’–डा प्रचण्ड गौतमले भने ।
उनले भिजन अस्पतालमा विभिन्न प्रविधिको प्रयोगमा काठमाण्डौ र लखनउको सेवा उपलब्ध गराउन सकिने भएकोले आँखाको समस्याको लागि अनेत्र भौतारिन नपर्ने बताउछन् ।

Next Post

नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको दाबी

१३ श्रावण २०७६, सोमबार १९:१३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको विश्व बाघ दिवशका अवसरमा आयोजित कार्यक्रममा बताईएको छ । बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा वन तथा भूसंरक्षण विभागका उप–महानिर्देशक डा. राजेन्द्र केसीले मुलुकका ५ वटा निकुञ्ज क्षेत्रमा करीब २ सय ३५ बाघ रहेको जानकारी दिए । उनले निकुञ्ज विभागले २०१७ मा गरेको […]

सम्बन्धित