सदरलाइनडटकम
नेपालगन्ज : गत भदौ ४ गते नेपालगन्ज हेल्थ क्यम्पसमा विद्यार्थी नेताहरुमाथि भएको कुटपिटको घटनाको दोषिलाई कानूनी कारवाहीमा ल्याउन स्थानीय प्रशासनले चासो नदिएको भन्दै विभिन्न विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
बुधबार अनेरास्वावियु बाँके, नेविसंघ बाँके, अखिल क्रान्तिकारी, अखिल छैठौ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी संठगनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै स्थानीय प्रशासनले दोषिलाई नियन्णमा लिनसमेत चासो नदिएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन ।
अनेरास्वावियु बाँकेका अध्यष मोहीत शाह, नेविसंघ बाँके सहसचिव चक्रबहादुर रावत, , अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुरेन्द्रजंग शाह, नेविसंघ प्रदेश नं. ५का सदस्य चेतनारायण शर्मा, अखिल छैठौका अध्यक्ष नवराज शर्मा, र नयाँशक्ति विद्यार्थी युनियनका जिल्ला संयोजक माया चौधरीद्वारा जारी विज्ञप्तीमा बिहीबार ७ गते नेपालगन्ज हेल्थ क्याम्पसमा तालाबन्दी, सोहीदिन बेलुका विरोध सभा ८ गते १ दिन सिटिईभिटीबाट संबन्धन प्राप्त सबै क्याम्पसहरु बन्द गर्ने आन्दोलनको घोषणा गरिएको छ ।
गत सोमबार नेपालगन्ज हेल्थ क्याम्पसमा लागाईएको ताला खोल्नको लागि क्याम्पस प्रशासनले विद्यार्थी नेताहरुलाई बार्तामा बोलाएर कुटपिट गरिएको विषयमा स्थानीय प्रशासनले दोषिलाई नियन्त्रणमा लिएर समास्या समाधानको लागि चासो नदिएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन ।
बार्तामा गएका नेवि संघ मब क्याम्पसका कार्यबाह सभापति चन्द्रप्रकाश देवकोटा र सुरज थापा लगायतका बिद्यार्थी नेताहरु माथि कुटपिट क्याम्पस प्रशासनले गुण्डा लगाएर कुटपिट गराएको विद्यार्थी संगठनले आरोप लगाउदै आएका छन् । घाइते विद्यार्थी नेताहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ ।
सो घटनामा परी घाइते भएका विद्यार्थी नेतालाई नेपाली काँग्रेसका महामन्त्री लगायतको केन्द्रीय नेताहरुले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगी उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
यसैबीच सो कलेज सञ्चालक तथा तत्कालिन संविधान सभा सदस्य मैकुलाला बाल्मिकीले विद्यार्थी नेताहरुले आफुमाथि आक्रमण गरेको भन्दै भेरी अञ्चल अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारको लागि लखनउ गएको जानकारी आएको छ ।