जानकी गाउँपालिकाद्वारा करारमा कर्मचारी माग

सदरलाइन संवाददाता २९ फाल्गुन २०७८, आईतवार १३:१८
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले सेवा करारमा कर्मचारी माग गरेको छ । पालकिाले एक विज्ञप्ती जारी गर्दै पाँचौ तह सर्भेक्षक इन्जिनियरिङ्ग पदका लागि सेवा करारमा कर्मचारी दरखास्त आहवन गरेको हो ।

पालिका र राष्ट्रिय भुमि आयोग विच भएको कार्य सहमति अनुसार विगतमा संकलन भएका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत विवरण अनुसार सम्बन्धित स्थलमा गई नापजाँच सर्भे गर्न कर्मचारी माग गरिएको पालिकाले जनाएको छ ।


योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट प्रकाशन भएको मितिदेखि चैत्र ८ गतेसम्म जानकी गाउँपालिका खजुराखुर्द, बाँके कार्यालयमा दरखास्त आहवन गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ५ संक्रमित थपिए, १ डिस्चार्ज

२९ फाल्गुन २०७८, आईतवार १३:१८
नेपालगञ्ज : बाँकेमा आइतवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०३ जनाको पीसीआर परीक्षणमा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २ जनाको परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरमा ६६ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ […]