सर्पको टोकाइबाट सल्यानमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १२ श्रावण २०७९, बिहीबार १४:१४
 

नेपालगञ्ज : सर्पको टोकाइबाट सल्यानमा एक जना १३ वर्षीय किशोरको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ भंगेरी घर भई शारदा नगरपालिका–६ बरला बस्दै आएका १३ वर्षीय किशोर अर्जुन बस्नेतको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । बस्नेतलाई बुधबार राति १० बजे सर्पले टोकेको थियो ।


आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसँगै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरी बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा करिब ५ः३० बजेतिर मृत्यु भएको जिल्ला अस्पताल खलंगामा कार्यरत हवल्दार लक्षीराम बिकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व बाघ संरक्षण दिवसमा नेपालगञ्जमा सचेतना कार्यक्रम

१२ श्रावण २०७९, बिहीबार १४:१४
नेपालगञ्ज : विश्व बाघ संरक्षण दिवसको अवसरमा नेपालगञ्जमा अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा अन्तरक्रिया तथा सचेतता कार्यक्रम गरिएको हो । सन २०२२ मा नेपालमा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य लिइएको छ । सोही अनुसार नेपाल सरकारले पाटे बाघ संरक्षणमा ठूलो […]