नेपालगञ्जमा विपन्न मुस्लिम परिवारलाई खाद्यान्न वितरण

१८ जेष्ठ २०७६, शनिबार १७:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका अति विपन्न, गरिब तथा असहाय मुस्लिम परिवारलाई शनिवार खाद्यन्न वितरण गरिएको छ । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले इस्लाम धर्मालम्बीहरुको महान चाड रमजान इदुलफित्र पर्व मनाउन सहयोग पुग्ने उद्देश्यले अति विपन्न ४ सय १० जना मुस्लिम परिवारलाई २५ किलो चामल र १ किलो खजुरी वितरण गरिएको हो ।
नेपालगञ्जमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय, नेपाल राष्ट्रिय आयोग युनेस्कोका सदस्य हरिवंश किराँतले रमजान चाड पर्वको बेला यो खाद्यन्न सहयोगले जिवनमा खुशीयाली ल्याएको बताए । उनले यस्ता सहयोगले विपन्न परिवारलाई टेवा पुग्ने भएकाले सामाजिक सहयोगका लागि कतार च्यारेटी र युनेस्कोलाई धन्यबाद दिए । सदस्य किराँतले पछाडी पारिएका समुदायका बालबालिकालाई उपलब्ध गराउँदै आएको शैक्षिक सहयोगले उनीहरुको भविष्य उज्यालो बनाउनमा मदत पुगेको बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडाध्यक्षहरु सुनिलसिंह हमाल, मोहम्मद शफिक बेहना, विरेन्द्र शाह, बुद्धिसागर सुबेदीले समेत सहयोग सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा कतार च्यारेटीका संरक्षण अधिकृत जियाउल रहमान खाले कतारले गर्दै आएको सहयोग तथा उद्देश्य र कार्यक्रमका बारेमा जानकारी दिए । क्लबले अति विपन्न परिवारका बालबालिकालाई शिक्षा आर्जनमा सहयोग पुरयाउन शैक्षिक सामग्री, छात्रबृति, शैक्षिक किट्स, अभिभावकको आयआर्जनका लागि कतार च्यारेटीको सहकार्यमा निरन्तर रुपमा सहयोग गर्दै आएको क्लबका अध्यक्ष प्रबेज अलि सिद्दिकीले बताए ।
युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष रुद्र सुवेदी, क्लबका गुलाम गौस कादरीलगायतले धाराणा राखेका थिए ।

Next Post

संस्थापक अध्यक्ष टण्डनद्वारा खेल सामग्री प्रदान

१८ जेष्ठ २०७६, शनिबार १७:५७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका महिला क्रिकेट खेलाडीहरुलाई क्रिकेट खेल सामग्री प्रदान गरिएको छ । बाँके जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष रामकुमार टण्डनले ४० हजार वरावरको खेल सामग्री प्रदान गरेका हुन् । शनिवार एक कार्यक्रममा विच पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका टण्डनले महिला क्रिकेट खेलाडीहरुलाई वल ब्याट ,गोल्पलगायतको ३ सेट सामग्री हस्तान्तण गरे […]

सम्बन्धित

ताजा अपडेट