धारिलो हतियार प्रयोग गरी एकको हत्या

१२ जेष्ठ २०७६, आईतवार १३:५६
 

सदरलाइनडटकम,
दैलेख : दैलेखको भैरवी गाउँपालिका–६ कुटीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ । महाबु गाउँपालिका–५ का २५ वर्षीय गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।
सिंहको शनिवार राति ११ बजे हत्या भएको प्रहरीले जनाएको छ । हत्याबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

Next Post

ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

१२ जेष्ठ २०७६, आईतवार १३:५६
सदरलाइनडटकम, डडेल्धुरा : डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका १ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए । आइतवार अमरगढी नगरपालिका ७ पोखरा नजिकै ट्रयाक्टर दुर्घटना हुँदा लुहारको घटनास्थमै मृत्यु भएको […]