मनसँगै मत फेर्ने तयारी बाँकेका मतदाताहरु

१७ मंसिर २०७४, आईतवार १४:३१
 

सदरलाइनडटकम
१७ मंसिर, नेपालगन्ज : निर्वाचनको प्रचार अवधी सकिन केही घण्टामात्र बाँकी रहँदा विवेकशिल साझा पार्टीले आफ्ना चुनावी एजेण्डा सहित घरदैलोलाई जारी रहेको छ ।
मतदाताको घरदैलोमा पुगेका विवेकशील साझा पार्टीका उम्मेदवारले आफुहरुले भेटेका सबै मतदाताले परिवर्तन चाहेको र उनीहरुको सङ्ख्या बढ्दै गएको बताएका छन् । राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नहुनुको कारण राम्रोसँग बुझेका मतदाताहरुले विवेकशील साझा पार्टीले सम्बृद्धि र विकासका लागि मतदातामाझ पेश गरेको एजेण्डाले धेरै मतदाताहरुको मनसँगै मत पनि फेरिने सम्भावनालाई बलियो बनाएको बाँके निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार डा. बिनोद कर्णले दाबी गरे ।
उनले चुनावी घरदैलोका क्रममा पनि मतदाताहरु सकारात्मक बन्दै गएको पाइएको बताए । चुनावी घरदैलोका क्रममा रामनगरमा भेटिएका डा. कर्णले भने–‘ठूला दलहरुले मुलुकलाई छियाछिया पारेको धेरै मतदाताबाट दुखेसो आएको छ, विवेकशीलले मुलुकलाई सम्बृद्धि र विकासतर्फ डोर्याउनु पर्यो, यो भड्खालोबाट निकाल्नु पर्यो भन्नुहुन्छ । हाम्रो एजेण्डा पनि सम्बृद्ध मुलुकको परिकल्पना हो ।’
कतिपय मतदाताहरुको आंशका मिश्रित प्रतिक्रिया पनि पाइरहेका छौं डा.कर्णले भने–‘ठूला राजनीतिक दलहरुले नेपाली जनताहरुको विश्वास पुरै क्षयीकरण गराइसकेका छन, हामीले गुमेको विश्वास फर्काउनेदेखि उहाँहरुलाई आशातित बनाउने कोशिष पनि गरिरहेका छौं ।’ विवेकशील साझा पार्टीले आईतबार बाँके निर्वाचन षेत्र नं. २ का उम्मेदवार नरेन्द्र कुँवर सहितको टोलीले नेपालगन्जको रामनगर तथा जेलरोडलगायतका ठाउँमा घरदैलो गरिरहेको पार्टीका बाँकेका संयोजक चिरञ्जीवि शर्माले जानकारी दिए ।

 

Next Post

बामगठबन्धनद्वारा दोहो¥याएर घरदैलो र टोलसभा

१७ मंसिर २०७४, आईतवार १४:३१
सदरलाइनडटकम १७ मंसिर, नेपालगन्ज : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनले जिल्लाका सबै वडा टोलमा घरदैलो तथा कोणसभा सकेको छ । कात्तिक २८ गतेदेखि थालेको बृहत घरदैलो मंसिर ११ गते सकेको वामगठबन्धनले यो बीचमा छुटेका व्यक्ति र ठाउँ–ठाउँमा कोण सभा र भेटघाट गरेको छ । वामगठबन्धनका उम्मेदवारले आइतबारमात्रै एक […]