चुनावबाट एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन्छ : शंकर पोखरेल

सदरलाइन संवाददाता ४ मंसिर २०७९, आईतवार १४:१४
 

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने बताएका छन् । आइतबार तुलसीपुर १९ विजौरी स्थित जनता क्याम्पस मतदान केन्द्रमा मतदान गरेपछि उनले सो कुरा बताएका हुन् ।


देशमा बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै उनले त्यो बलियो शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको बताए । ‘हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ । मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक छ । यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डो¥याउनेछ ।’ पोखरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा ४ राउण्ड हवाइ फायर

४ मंसिर २०७९, आईतवार १४:१४
डोटी : डोटीको मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ । जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरेको हो । केही समय विवाद हुँदा दुई पक्षबीच झडपको […]