बाँकेमा १६ सहित देशमा एकैदिन थपिए ११४ जना कोरोना संक्रमित

१४ जेष्ठ २०७७, बुधबार १६:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा १६ जनासहित देशभरमा १ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बुधवार दिएको जानकारी अनुसार बाँकेको डुडुवा गाउँपालिकामा २ जना, राप्तीसोनारीमा ७, बैजनाथ गाउँपालिकामा ६ र खजुरामा १ जना कोरानाका नयाँ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।
जसमध्ये ७ सय ९६ पुरुष र ९० जना महिला रहेको मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Next Post

भेरी अस्पताल विकास समितिमा धिताल

१४ जेष्ठ २०७७, बुधबार १६:५५
सदरलाइनडटकम, नेपालगञ्ज  : पश्चिम क्षेत्रको सबै भन्दा पुरानो अस्पताल भेरी अस्पताल बिकास समिति नेपालगञ्जको अध्यक्षमा प्रमोद धिताल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरि धिताललाई तीनवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेका हुन । मन्त्रालयले आफुलाई भेरी अस्पतालको अध्यक्षमा नियुक्त गरेको पत्र बुधबार प्राप्त गरेको […]