अपांगता भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

९ मंसिर २०७३, बिहीबार १३:२९
 

सदरलाइनडटकम, unnamed
९ मंसिर, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिमा रहेका अपांगता भएका बालबालिकाका निम्ति विहिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालगन्ज मेडिकल कलेजको समन्वयमा सहयात्रा परियोजना अन्तरगत बाँके युनेस्को क्लबद्धारा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा नेपालगन्ज उपमहानगरपालिका भित्रका ७६ जना अपांगता भएका बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।
शिविरमा अपांगता भएका बालबालिकाको समस्या पत्ता लगाई उनीहरुलाई चाहिने सहयोग उपलबध गराउन पहल गर्ने, बिद्यालय नगएका त्यस्ता बालबालिकालाई बिद्यालय पठाउने ब्यबस्था मिलाउने, परिचय पत्र नभएका बालबालिकाका निम्ति परिचय पत्रका लागि महिला तथा बालबालिका कार्यालयमा सिफारिस गर्ने उदेशयले सो शिविरको आयोजना गरिएको हो ।
सो शिविरमा नेपालगन्ज मेडिकल कलेजका फिजियो डाक्टर हितेस न्यौपाने, काउन्सलर कमला न्यौपाने, सामुदायिक अपांगता कार्यकर्ता रामकुमार थारु र ब्यबस्थापक अफिसर सन्जय पौडेललगायतले अपांगता भएका बालबालिकाको स्वास्थ्य परिक्षण गर्नुका साथै उनका अभिभावकलाई बिभिन्न सुझाव सल्लाह दिएका थिए ।


unnamed-1
परिक्षणका क्रममा अधिकांश बालबालिकाहरुमा बाल मष्तिष्क पक्षघात र बौद्धिक अपांगता भएको पाईएकोले उनीहरुको भौतिक र शारिरीक पुनस्थापनामा ध्यान दिनु पर्ने फिजियो डा.हितेशले बताए ।
नेपालगन्जमा यती धेरै संख्यामा अपांगता भएका बालबालिका रहेको अनुमान नरहेको जनाउँदै यसबाट बाँके युनेस्को क्लबलाई पनि ठूलो सिकाई भएको र अझै पनि यस्ता बालबालिकाका लागि धेरै काम गर्न बाँकी रहेको देखिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । उनले ती बालबालिकाका बारेमा नेपालगन्ज मेडिकल कलेजसंग समन्वय गरेर आगामी दिनमा के गर्न सकिन्छ भन्ने बारे छलफल गरिने बताए ।
सो अवसरमा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, वरिष्ठ कार्यक्रम संयोजक रवि तुलाधर, बित्तिय प्रबन्धक वेद पंगाली, सहयात्रा कार्यक्रम अधिकृत राम श्रेष्ठ, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत फुल कुमारी चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यूनाईटेड एकेडेमी र गोरखा यूनाईटेड बिजयी

९ मंसिर २०७३, बिहीबार १३:२९
सदरलाइनडटकम १० मंसिर, नेपालगन्ज : नेपालगन्जमा जारी बैशाली साईकल कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेटमा यूनाईटेड एकेडेमी र गोरखा यूनाईटेड बिजयी भएका छन ।  शुक्रबार विहान भएको पहिलो खेलमा यूनाईटेडले भेरी क्लवलाई ८२ रनले पराजित गर्न सफल भयो । पहिलो ब्याटिङ गर्न मैदानमा ओर्लिएको युनाईटेडले १५ ओभरमा ५ विकेट गुमाई १ सय […]