रुपन्देहीको कञ्चनमा सिलिण्डर बम बिस्फोट

४ जेष्ठ २०७६, शनिबार १५:१३
 

सदरलाइनडटकम,
बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिका–२ कञ्चन खोलानजिकै सिलिण्डर बम बिस्फोट भएको छ । खोलानजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिवार बिहान ४ बजे बम बिस्फोट गराइएको हो ।
बिहानै बम बिस्फोट गराइए पनि स्थानीयहरुले बिहान साढे ७ बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । बिस्फोटबाट ठूलो आवाज आए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बमको छर्राहरु गाउँसम्म आइपुगेको वडा नम्बर २ का अध्यक्ष शेरबहादुर चौधरीले बताए ।
यस्तै बुटवल–भैरहवा सडकखण्डकमा शंकास्पद वस्तु भेटिएको छ । ओमसतिया–१ कटैयामा शंकास्पद बस्तु फेला परेको छ । कटैयामा फेला परेको संकास्पद वस्तु नक्कली बम रहेको प्रहरीले बताएको छ । खतरा लेखिएको डिब्बामा राखिएको सशकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोली पुगेपछि नक्कली भएको पाइएको हो ।
प्रधानमन्त्री बुद्धजयन्ती कार्यक्रमका लागि शुक्रवारदेखि नै लुम्बिनीमा छन् । लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । बम कसले र किन राखेको भन्ने नखुले पनि विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने सुरक्षा निकायको शंका गरेको छ ।
प्रधानमन्त्री ओली सहभागी कार्यक्रम स्थलमा बन्द आह्वान गर्ने बताउँदै आएको नेकपाले प्रधानमन्त्री ओली लुम्बिनी आउने कार्यक्रमलाई लक्षित गरी बम राखेको हुनसक्ने अनुमान सुरक्षा निकायको छ ।

Next Post

आम चुनावका लागि अष्ट्रेलियमा मतदान हुँदै

४ जेष्ठ २०७६, शनिबार १५:१३
सदरलाइनडटकम, काठमाण्डौ : अष्ट्रेलियमा शनिवार आम चुनावको लागि मतदान भइरहेको छ । सरकारले सन् १९२४ मा अनिवार्य मतदानको नियम बनाएदेखि अहिलेसम्म ९१ प्रतिशतभन्दा कम मतदान भएको छैन । सन् १९९४ मा यो प्रतिशत बढेर ९६ दशमलव २२ प्रतिशत पुगेको थियो । सरकारका अनुसार, मतदानलाई अनिवार्य गराउँदा मानिसहरु राजनीति र सरकारको […]