आम चुनावका लागि अष्ट्रेलियमा मतदान हुँदै

४ जेष्ठ २०७६, शनिबार १५:२२
 

सदरलाइनडटकम,
काठमाण्डौ : अष्ट्रेलियमा शनिवार आम चुनावको लागि मतदान भइरहेको छ । सरकारले सन् १९२४ मा अनिवार्य मतदानको नियम बनाएदेखि अहिलेसम्म ९१ प्रतिशतभन्दा कम मतदान भएको छैन ।
सन् १९९४ मा यो प्रतिशत बढेर ९६ दशमलव २२ प्रतिशत पुगेको थियो । सरकारका अनुसार, मतदानलाई अनिवार्य गराउँदा मानिसहरु राजनीति र सरकारको कार्यमा रुचि लिन्छन् । अष्ट्रेलियामा १८ वर्षभन्दा माथिका नागरिकले मतदान गर्न सक्छन् । तर मतदान नगर्ने नागरिकसँग सरकारले जवाफ माग्ने गर्दछ ।
सन्तोषजनक जवाफ र उचित कारण भएन भने २० अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्छ । अष्ट्रेलियामा प्रत्येक तीन वर्षमा आम चुनाव हुँदै आएको छ । सरकार पनि मतदान बढाउन मतदाताहरुको सुविधामा ध्यान र्पुयाउँदै आइरहेको छ । अहिलेसम्म २३ देशमा मतदान अनिवार्य छ ।
(एजेन्सी)

Next Post

मिडिया काउन्सिल विधेयक पास गर्न दिँदैनौ : देउवा

४ जेष्ठ २०७६, शनिबार १५:२२
सदरलाइनडटकम, विराटनगर : नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनु पर्ने कांग्रेसको अडान रहेको भन्दै सरकारले जबर्जस्ती गर्न खोजे पारित हुन नदिने चेतावनी दिए । […]