पाकिस्तानमा चार सय बढी एचआईभी पीडित

३ जेष्ठ २०७६, शुक्रबार १८:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : उत्तरी पाकिस्तानको एउटा गाउँमा सयौं व्यक्तिहरु एचआईभीबाट पीडित भएका छन् । डाक्टरले दूषित सुईको प्रयोग गर्दा बालबालिकाहरु पनि एचआईभीबाट पीडित भएका हुन् । यो घटना पाकिस्तानको लरकाना गाउँको हो । गत महिना शहरको बाहिरी भागमा १८ जना बच्चामा एचआईभी पोजिटिभ पाइएको थियो ।
त्यसपछि व्यापकस्तरमा जाँच भएको थियो र यसबाट डाक्टरहरुको करतुत सार्वजनिक भएको हो । स्वास्थ्य अधिकारीका अनुसार, चार सयभन्दा बढी मानिसहरु एचआईभी पोजिटिभ रहेको पाइएको हो । पीडितमध्ये धेरै बालबालिका रहेका छन् । विशेषज्ञहरुले यो संख्या अझै बढ्न सक्ने बताएका छन् । यो घटना सार्वजनिक भइसकेपछि यहाँका मानिसहरु निकै डराएका र रिसले चूर भएका छन् ।
यो घटना बाल रोग चिकित्सकको लापर्वाहीको कारणले भएको हो । ‘अहिले दर्जनौंको संख्यामा मानिसहरु उपचारका लागि आइरहेका छन्,’ एक स्थानीय डाक्टरले भने । अहिले उपचारका लागि स्वास्थ्यकर्मी र उपकरणको पनि अभाव देखिएको छ । पाकिस्तानमा एचआईभीलाई लिएर निकै कम प्रचारप्रसार हुने गरेको छ । तर बिरामीको दर भने बढ्दै गैरहेको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनका अनुसार, पाकिस्तान एसियाको दोस्रो राष्ट्र हो, जहाँ एचआईभीको दर लगातार बढ्दै गैरहेको छ ।
महंगीका कारण पनि पाकिस्तानी नागरिकहरु आफ्नो उपचार गर्न सक्षम छैनन् । यहाँ गरिबीको स्तर बढ्दै गैरहेको छ । यूएनएआईडीएस (एचआईभी(एड्स अन्तर्गत संयुक्त राष्ट्र संघको कार्यक्रम) को रिपोर्टले भन्छ, ‘केही सरकारी रिपोर्टका अनुसार, देशभरि छ लाख नक्कली डाक्टर छन् र यो संख्यामध्ये करिब दुई लाख ७० हजार डाक्टर सिन्ध प्रान्तमा काम गरिरहेका छन् ।’
(एजेन्सी)

Next Post

चरेशसहित पक्राउ परेको व्यक्ति छुटाउन दबाबदिदै साँसद घेराबन्दीमा

३ जेष्ठ २०७६, शुक्रबार १८:२०
सदरलाइनडटकम, नेपालगञ्ज, : चरेश तस्कर छुटाउन माग गर्दै बाँकेको नरैनापुरमा पाँच नंम्बर. प्रदेश सांसद कृष्ण केसी नमुना घेराबन्दीमा परेकी छन् । आफ्नो निर्वाचन क्षेत्र नयाँगाउ, खयरभट्टी लगायतको ठाँउको स्थलगत अवलोकन गरी फर्कदै गर्दा उनी घेराबन्दीमा परेकी हुन । नरैनापुर गाउपालिका कार्यालय अगाडि पसल गर्ने एक भारतीय व्यावसायीका साथबाट प्रहरीले ५ […]