सदरलाइनडटकम,
बुटवल : प्रदेश पाँच प्रदेश सभाको बजेट अधिवेशन बिहीवारदेखि शुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन शुरु भएको हो । बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् ।
बिहीवार बोल्ने सांसदहरुले बजेटलाई जनमुखी बनाउन सुझाव दिएका छन् । प्रदेश पाँचको अर्को बैठक ९ गते बस्नेछ । प्रदेश सरकार असार १ गतेभित्र बजेट पेश गर्ने गरी बजेट निर्माणमा जुटेको छ ।
