सदरलाइनडटकम,
कोहलपुर (बाँके) : लागुऔषध अफिमसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोहलपुरको गोलपार्क स्थित रहेको एलबिगेष्ट हाउसबाट लागुऔषध अफिमसहित कोहलपुर २ का ३२ वर्षीय भविलाल पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
गेष्ट हाउसमा कोठा लिएर बसिरहेको अवस्थामा सुचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ४ किलो १७४ ग्राम अफिम बरामद भएको छ । अफिमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
