भारतले दुई महिनापछि शुरु गर्यो आन्तरिक उडान

१२ जेष्ठ २०७७, सोमबार १४:४४
 

सदरलाइनडटकम,
काठमाण्डौ : दुई महिनापछि भारतमा सोमवारदेखि घरेलु उडान शुरु भएका छन् । दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा बिहान ४ बजेर ४५ मिनेटमा पुणेका लागि सबैभन्दा पहिलो फ्लाइट प्रस्थान गरेको थियो ।
विमानका सबै यात्रुहरुको एयरपोर्टमा स्क्रिनिङ गरिएको थियो । एयरहोस्टेजहरुले फ्लाइटमा पीपीई किट लगाएका देखिन्थे। यात्रुहरुले पनि सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको देखिन्थ्यो । सबै यात्रुहरुलाई एयरलाइन्सले नै फेस कभर मास्क प्रदान गरेका थिए ।
आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक भारतका सबै प्रदेशमा आन्तरिक उडान सुचारु भएका हुन् । मुम्बई एयरपोर्टबाट बिहान पौने सात बजे पहिलो उडान पटनाका लागि प्रस्थान गरेको थियो । दुई महिनापछि भएको उडानको टेकअफ र ल्याण्डिङ्गका लागि पनि सुरक्षाको विशेष तयारी गरिएको थियो ।
एयरपोर्टमा नयाँ नियमका साथ व्यवस्था बदलिएको छ । कोरोना संक्रमणबाट बच्नका लागि विमानस्थलमा दुई मिटरको दुरीको पालना अनिवार्य गरिएको छ । यसका साथै हवाई यात्राको सम्बन्धमा भारतका विभिन्न राज्यले आ–आफ्नो राज्यमा विशेष गाइडलाइन्स पनि जारी गरेका छन् । (एजेन्सी)

Next Post

बर्दियामा भेटिए तीन जना कोरोना पोजेटिभ

१२ जेष्ठ २०७७, सोमबार १४:४४
सदरलाइनडटकम, नेपालगञ्ज : सोमवार बेलुका ६ जना नयाँ संक्रमित थपिएसँगै देशभरीमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । जसअनुसार अछाम मेल्लेखका १ जना, बर्दिया गुलरिया १० का २, गुलरिया २ का १ जना, पर्सामा १, काठमाण्डौका १ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । […]

सम्बन्धित