कोरोनाबाट भेरीमा एक पुरुषको मृत्यु

सदरलाइन संवाददाता २१ श्रावण २०७८, बिहीबार १४:३३
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गेरुवा गाउँपालिका वडा नम्बर ५ बर्दियाका ७० बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । साउन ९ गते पिसिआर परीक्षण गराएका उनी ११ गते भेरी अस्पताल भर्ना भएका थिए । उनको बुधबार साँझ ७ बजे मृत्यु भएको हो ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्ययन समितिले बुझायो प्रजिअलाई प्रतिवेदन

२१ श्रावण २०७८, बिहीबार १४:३३
नेपालगञ्ज : बाँके जिल्लामा सम्भावित कोभिड–१९ को तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन आज जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रलाई बुझाएको छ । केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई समितिका संयोजक डा विनोद खेतानले ४२ पुष्ठ लामो प्रतिवेदन बुझाएका […]