सदरलाइनडटकम,
कपिलवस्तु : कपिलबस्तुस्थित शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा एक महिलाको शव भेटिएको छ । स्थानीय ४० वर्षीया शुभावती लोनियाको शव शनिवार बिहान छाला फ्याक्ट्री नजिकै गहुँबारीमा भेटिएको हो ।
बिहीवार बिहान निस्केकी शुभावती अबेरसम्म घर नफर्कीएपछि खोजी भईरहेको थियो । उनको मानसिक अवस्था केही दिनदेखि ठीक नभएको मृतकका परिवारले बताएका छन् । शव नजिकै बिषादी भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले जानकारी दिए ।
