जबरजस्ती करणीको आरोपमा पक्राउ

२२ बैशाख २०७७, सोमबार १४:४२
 

सदरलाइनडटकम,
कपिलवस्तु : जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा कपिलवस्तुमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट सोमवार पक्राउ परेका हुन् ।
आइतवार राति करीब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
अभियुक्तको स्युराज अस्पताल बहादुरगञ्जमा शारीरिक परीक्षण गरेर मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

Next Post

नेपालगञ्जमा परीक्षणको दायरा बढाउन काँग्रेसको माग

२२ बैशाख २०७७, सोमबार १४:४२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली कांग्रेसले बाँकेको नेपालगञ्जमा परीक्षणको दायरा बढाउन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर बाँकेमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग गरेका हुन् । उनले नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण […]

सम्बन्धित