कोलगेटमा क्यान्सर लगाउने रसायन भेटियो

  
  प्रकाशित मितिः बिहिबार, बैशाख २६, २०७६       | 124 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।
यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएपनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ । त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।

प्रकाशित मितिः बिहिबार, बैशाख २६, २०७६     4:12:11 PM  |