मेयर डा. राणाले भने : न्यूरोडमा यस्तो बनाउने हो

१८ बैशाख २०७६, बुधबार २३:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडमा सडक विस्तारको लागि ग्रिन बेल्टमा रहेका रुखहरु काट्न लागिएको भन्दै व्यपक विरोधका स्वर बाहिर आउदा नेपालगञ्ज उप–महानगरका मेयर.डा. धवल शम्शेर राणाले हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
उनले न्युरोडका रुख विरुवा काट्न लाग्यो भन्न हल्लाका कारण आफु दिनभर तनाबमा रहेको बताउदै हरियाली सहितको सडकको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै मेयर राणाले न्यूरोडका विरुवा काट्ने नभई तस्वीरमा देखिएको जस्तो थप हरियाली बनाउन लागेको प्रष्टिकरण दिए ।
उनले भने–‘भएका रुख विरुवाको संरक्षण संगै नयाँ रुख विरुवा लगाईने छ । हामी नगरको हरियाली कायम राख्नको लागि कटिबद्ध छौ ।’ उनले न्यूरोडको बीचमा रहेको ग्रीनबेल्टमा मोटरसाईकल, साईकल पार्किङ्गको लागि केही ठाँउपनि निकाल्दै तस्बीरमा देखिएको जस्तो बनाईने गरी डिजाईन गरिएको जानकारी दिए ।
नेपालगञ्ज उपमहानगपालिकाका प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेलले नगरको हरियाली बढाउदै सौन्दर्यकरणको लागि सचेत रहेको बताउदै न्यूरोडमा रहेका विरुवाको संरक्षण गर्दै नयाँ बिरुवा रोप्ने र पानी हाल्ने व्यवस्था मिलाईने जानकारी दिए ।

Next Post

जानकीमा मनाइयो सूचना प्रविधि दिवस

१८ बैशाख २०७६, बुधबार २३:४६
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाएको छ । गाउँपालिकाको सूचना प्रविधि शाखाले बिहीवार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले गरेको काम पारदर्शी बनाउन सूचना प्रविधिले ठूलो सहयोग पुर्याएको बताए । उनले गाउँपालिकाअन्तर्गतका प्रत्येक शाखा र वडा कार्यालयले सूचना […]