एमसीसीबारे सत्तारुढ दलहरूले दोहोरो चरित्र देखाइरहेको अध्यक्ष ओलिको दावि

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १८:३६
 

काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैँले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न लगाएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरूले ढुङ्गा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृह मन्त्री बालकृष्ण खाणलाई प्रश्नसमेत गरे ।

सोमवार काठमाण्डौको दहचोकमा रहेको काजी कालु पाँडेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले त्यस सम्बन्धमा गृह मन्त्री खाणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुङ्गा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए ।


अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नू भनेर सत्तारुढ दलहरूले नै आदेश दिएको भन्दै आक्रोश व्यक्त गरे । उनले एमसीसी सम्झौता गर्ने, त्यसलाई संसदमा टेबल गर्नेमाथि सडकमा आन्दोलन गर्नेहरूले विरोधसमेत नगरेको चर्चा गर्दै आपत्ति जनाए । एमसीसी संसदमा टेबल गर्नसमेत सत्तारुढ दलहरूले षड्यन्त्र गरेको अध्यक्ष ओलीको दाबी थियो ।

कार्यक्रममा बोल्दै उहाँले काजी कालु पाँडेजस्ता पूर्वजहरूले नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरूको बुद्धि विश्लेषण, बहादुरी र वीरताको सदा सम्मान गर्ने बताए । उनले ‘कालु पाँडेको जीवनी एउटा अनुसरणीय, असाधारण बहादुरीको कीर्ति भएको र इतिहासको तथ्यलाई स्मरण गर्दै राष्ट्र निर्माणको अभियानमा आफूहरू प्रतिबद्ध भएर लागिपर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थी सवार टिप्पर दुर्घटना हुँदा तीन विद्यार्थी सहित चारको मृत्यु

९ फाल्गुन २०७८, सोमबार १८:३६
बैतडी : बैतडीको पाटन नगरपालिका– ३ गरुडामा बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुदा तीन विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा पाटन नगरपालिका– ३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय विद्यार्थी ज्ञानु विष्ट र […]