चीन र भारतमा पनि नेपाली सिम प्रयोग गर्न सकिने

१६ बैशाख २०७६, सोमबार १७:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रीय रोमिङ सेवा सञ्चालनमा आएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् ।
त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् । चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ ।
भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।
कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रीय रोमिङ’ सेवाको सफ्टवेयर लन्च गरेका थिए । सो सेवालाई हाल व्यावसायिकरुपमा सञ्चालनमा ल्याईएको हो । कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रीय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ ।
यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । अन्तर्राष्ट्रीय रोमिङ सेवा लिनका लागि *1415#  डायल गर्नुपर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी तथा सुविधा लिन सकिन्छ ।

Next Post

‘मुख्यमन्त्री लक्षित गरी बम विष्फोट भन्ने कुरा हल्ला मात्र’

१६ बैशाख २०७६, सोमबार १७:५१
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क  :  मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी बम विष्फोट गरिएको भन्ने समाचार सस्तो लोकपृयताका लागि प्रचार गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री पोखरेल आज सोमबार रोल्पा जिल्लाका स्थानीय जनप्रतिनिधिहरुलाई विशेष प्रशिक्षण दिन सदरमुकाम लिवाङ्ग पुगेका छन । मुख्यमन्त्री पोखरेलले रोल्पा जिल्ला उद्योग बाणिज्य संघको सभा हलमा प्रशिक्षण […]

सम्बन्धित