दाङमा बस ठोक्किदा १३ जना घाइते

दशरथ घिमिरे २१ चैत्र २०८०, बुधबार १२:३७
 

दाङ : दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका–३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट सुर्खेतका लागि गुडेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए । दुर्घटना दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।


सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ । प्रहरीले आवश्यक अनुसंन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रारम्भिक बालविकास तथा शिक्षाको सबलिकरणका लागि अभिभावक शिक्षा अभियान चलाउन आवश्यक

२१ चैत्र २०८०, बुधबार १२:३७
नेपालगञ्ज : प्रारम्भिक बालविकास तथा शिक्षाको सबलिकरणको लागि अभिभावकलाई यसको महत्वको विषयमा जानकारी गराउनको लागि अभिभावक शिक्षालाई जनस्तरसम्म लैजानुपर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, प्रारम्भिक बालविकास शाखाले नेपालगञ्जमा आयोजना गरेको प्रारम्भिक बालशिक्षा सवलिकरण अभियान अन्तरक्रिया कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका […]