सडक दुर्घटनामा परेर व्यावसायी शर्मा घाइते

१८ बैशाख २०७७, बिहीबार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  जडिबुटी व्यावसायी तथा नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य टंकप्रसाद शर्मा बिहीबार दिउसो मोटर साइकल दुर्घटनामा परी घाइते भएका छन ।

व्यावसायी शर्मा सवार भे ८ प ५६१८ नम्बरको मोटरसाइकल बिहिवार दिउँसो करिब २ बजेको समयमा नेपालगञ्ज औद्योगिक क्षेत्र अगाडि बिद्युतको पोलमा ठोकिएर दुर्घटनामा परेको थियो ।


दुर्घटनामा परे लगत्तै नजिकै रहेको प्रहरीले उनको उद्दार गरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा र्पुयाएको थियो । उनको अहिले शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइ रहेको शर्माका भाइ जीवन शर्माले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । फोटो ः काँचुलीखबरबाट

Next Post

अन्तराष्ट्रिय श्रमिक दिवसमा मुख्यमन्त्री पोखरेलले दिए शुभकामना

१८ बैशाख २०७७, बिहीबार १८:४९
सदरलाइनडटकम, बुटवल  : अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री पोखरेलले पोष्ट गरेको शुभकामना सन्देसमा श्रमिक दिवस कोरोनाविरुद्ध संघर्षको संकल्प दिवस बन्न पुगेको उल्लेख गर्दै लेखेका छन ‘कोरोना रोकथाप तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले सबै भन्दा बढी […]