बर्षभरी ६ दिन बिदा दिने प्रदेश ५ को निर्णय

१२ बैशाख २०७६, बिहीबार १८:५०
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ सरकारले २०७६ सालमा ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले ४ दिन प्रदेशका सबै जिल्लामा र २ दिन जातजाति तथा समुदाय अनुसार बिदा दिने निर्णय गरेको हो ।
बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते, प्रदेश स्थापना दिवशमा फागुन ३ गते प्रदेश सरकारले विदा दिनेछ । यस्तै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहको निर्णयअनुसार एकदिन र रमजानमा विदा दिइनेछ । बैठकले प्रदेश ५ सरकारले विभिन्न प्राकृतिक विपदमा ज्यान गुमाएका ५१ जनाका हकवालालाई १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।
बाढी डुवान, करेन्ट, आगालागी, खोलाले बगाएको, पहिरो, चट्टयाङ लगायतका विपतमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुलाई राहत दिइने सरकारका प्रवक्ता तथा भैतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए । बैठकले राप्ती गाँउपालिका वडा नं.७ वसन्तपुरमा अन्तर्रा्ष्ट्रिय स्तरको रङ्गशाला निर्माण, बुटवल उपमहानगरपालिका वडा नं. १३ जवई खोला मैदानमा उजिर सिंह रंगशाला निर्माण गर्ने र घोराही उपमहानगरपालिमा १६ तरौटेमा रहेको नेत्रलाल अभागी रंगशालाको स्तरवृद्धि गर्ने निर्णय गरेको छ ।

Next Post

कर्मचारी समायोजनबारे नेपालगञ्जमा छलफल

१२ बैशाख २०७६, बिहीबार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज : कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बाँकेको आयोजनमा कर्मचारी समायोजन, पदस्थापना र प्रस्ताविक संघीय निजामती सेवा ऐन २०७५ का बारेमा बिहीवार नेपालगञ्जमा छलफल गरिएको छ । आधिकारिक ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भोला पोखरेलको उपस्थितमा छलफल भएको हो । जिल्ला अध्यक्ष कृष्ण कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुलराज […]

सम्बन्धित