नेपालगन्ज उप–महानगरको सडक, नाला निर्माण प्रक्रिया शुरु

८ फाल्गुन २०७४, मंगलवार १८:०७
 

सदरलाइनडटकम 
८ फागुन, नेपालगन्ज : ‘हिलाम्य धुलाम्य सडक र नाली’का कारण फोहरी शहरको रुपमा उपमा पाएको नेपालगन्ज उप–महानगरको मुहार फेरिने भएको छ ।
एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत नेपालगन्ज उप–महानगरका अधिकांस सडक तथा नाला निर्माण हुने भएपछि मुहार फेरीने भएको हो ।
परियोजना कार्यान्वयन इकाईले आशयपत्र सूचना सार्वजनिक गरेपछि निर्माण प्रक्रियाले औपचारिकता पाएको हो । कालिका जेटीएसजीसँगको सम्झौताअनुसार नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण हुन लागेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरि सक्नु पर्ने सम्झौता रहेको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिए । परियोजनाका इन्जिनियर महजर्नका अनुसार–आशयपत्रको अवधी समाप्तीसँगै नोटीस अवार्ड (सम्झौता आहवान) अनुसारको अन्तिम सम्झौतापछि सडक नालाको संयुक्त सर्वे गरिने छ ।
नक्सा स्वीकृत, कार्यादेशसँगै निर्माण कार्यलाई पनि गती दिइने छ । सर्वप्रथम नगरको चारवाहीनी –त्रिवेणीमोड (सदरलाइन), बलबुलिया रोड विस्तार शुरु हुने भएको छ । घरधनीहरुले स्वस्फुर्त घर भत्काइसकेपछि अबको केही दिन भित्रै सदरलाइनमा काम शुरु हुने परियोजनाले जनाएको छ ।
सडक खाली गर्न (घर भत्काउन) भएको अन्यौलता सम्वाद समूह बाँकेको सजीकरणपछि हटेको थियो । नेपालगन्ज उप–महानगरका प्रमुख डा धवल शमशेर राणाले प्राविधक प्रक्रिया लगत्तै समग्र विकासले गती लिने विश्वास व्यक्त गर्दै सबैको सहयोगका लागि आहवान गरेका छन् । 

Next Post

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्लोगन, लोगो, गीत र मस्कट सार्वजनिक

८ फाल्गुन २०७४, मंगलवार १८:०७
सदरलाइनडटकम ८ फागुन नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयार पारिएको लोगो, मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ । आगामी मंसिरमा नेपालगन्जमा आयोजना गरिने सो प्रतियोगिताको महत्वपूर्ण पाइलाका रुपमा लोगो, गीत, मस्कट र नारालाई सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रतियोगिताको पहिचानका लागि […]