बाँकेस्थित पशु हाटबजारमा व्यापारीको आकर्षण बढ्दो

सदरलाइन संवाददाता ४ बैशाख २०७९, आईतवार १७:१३
 

नेपालगञ्ज : एक दिनको कमाइले हप्ता दिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरुको आकर्षण बढ्न थालेको छ ।

बाँकेको जानकी गाँउपालिका–३ रमवापुरका व्यापारीहरु गाउँको व्यापारको कमाइले घरखर्च चलाउन सहज भएको बताउँछन् । अन्य काम गर्दा हरेक दिन त्यत्तिकै मिहेनतका साथ काम गर्नुपर्ने र भनेकोजस्तो कमाइ नहुने तर पशु व्यापार गर्दा मनग्य फाइदा भइरहेकोले पशु किनबेच गर्नेहरुको आकर्षण बढ्दै गएको हो ।

पशु बिक्रीबाट आएको फाइदाले एक हप्ता खान पुग्ने भएकोले यही पेशामा लागेको स्थानीयहरुको भनाइ छ । हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु राँगा, भैंसी किन्नका लागि जाने गर्छन् ।

बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौँबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेको बताउँछन्, पशु व्यापारी जमीर खाँ । उनले छिमेकी गाँउ र जिल्लाका मानिसहरुले गाँउबाट भैंसी, राँगा किन्ने र पशु हाटबजारमा लगेर बिक्री गरेर मुनाफा कमाइ घरखर्च धानिरहेको बताए ।


करिब २५ वर्षदेखि यो पेशा गर्दै आएका व्यापारी खाँले गाउँमै बजार लागेकोले धेरै मानिसहरुले काम पाएको पनि बताए ।

त्यस्तै पशु हाट बजार समितिका सदस्य रहमान अलीले पशु मेला लाग्नाले स्थानीयले कमाइ गर्ने अवसर पाएको बताए । उनले पशु हाटबजारबाट स्थानीयहरु सन्तुष्ट रहेको र बजारमा बिक्री गरेबापत प्रतिगोटा २०० रुपैयाँका दरले समितिलाई रकम बुझाउनु पर्ने नियम लगाएको बताए ।

स्थानीय व्यापारी विष्णुप्रसाद श्रेष्ठले पशु बजारमा पशु व्यापार गर्न थालेको लगभग २० वर्ष भयो। उनले लकडाउनमा केही कम भएपनि अहिले भने पशुबजारमा किनबेच हुने संख्या बढिरहेको बताए । उनले हरेक हप्तामा १० हजारसम्म नाफा भइरहेको बताए ।

स्थानीयहरुले पशु हाटबजारलाई अम्दानीको स्रोतको माध्याम बनाएका छन् । तर पछिल्लो समय बजारमा पशुको कमी हुन थालेको स्थानीयहरुको गुनासो छ । (देशसञ्चारबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षासंग सरोकारवालाहरुको संयुक्त अनुगमन

४ बैशाख २०७९, आईतवार १७:१३
नेपालगञ्ज  :  प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित बाँके र बर्दियाका ६ गरि ७ वटा पालिकाहरुका २५ वटा विद्यालयमा परियोजना मार्फत संचालित परियोजनाको सरोकारवाला निकायबाट अवलोकन गरिएको छ । सोही क्रममा मधुवन नगरपालिकाको वडा नं १ र २ मा पर्ने सुर्य आधारभुत विद्यालय […]