सदरलाइनडटकम,
बझाङ : प्रतिबन्धित लागुऔषध चरशेसहित बझाङमा एक जना पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर २ बस्ने ६० बर्षीया गगनबहादुर धामी ४ किलो ६ सय ग्राम लागुऔषध चरेशसहित पक्राउ परेका हुन् ।
बझाङबाट महेन्द्रनगरका लागि छुटेको ना ७ ख ६५२२ नम्बरको बसमा यात्रा गरि रहेका धामीको तलासी लिँदा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकरी दिए । धामीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
