राजश्व छलेको भन्दै मेघाश्री नियन्त्रणमा

२६ चैत्र २०७५, मंगलवार १७:५१
 

सदरलाइनडटकम,
बर्दिया : प्रहरीले १२ लाख रुपैयाँ बरावरको मेघा श्री गुटखा नियन्त्रणमा लिएको छ । कैलाली बाट बाँकेको कोहलपुरतर्फ जाँदै गरेको भे १ च ३०६२ नम्वरको बलेरो जीपसहित १ सय ४० बोरा उक्त गुटखा बर्दिया प्रहरीले नियन्त्रणमा लिएको हो ।
कैलाली लम्किचुहा नगरपालिका वडा नं. २ स्थित श्री देउति गुटखा ईण्डष्ट्रिज लम्कीबाट कोहलपुर तर्फ लैजादै मेघा श्री गुटखाको राजश्व नबुझाइएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएको मेघा श्री गुटखामा आन्तरिक राजश्वको लोगो नरहेको प्रहरीले बताएको छ । पक्राउ परेको सामानको मूल्य १२ लाख रुपैयाँ रहेको बताइएको छ ।
प्रहरीले जीप र चालक रमेश चौधरीलाई पक्राउ गरि थप अनुसन्धान शुरु गरेको बताएको छ । प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको दावी गरेपनि ‘सेटिङ’ नमिलेकाले पक्राउ गरिएको बुझिएको छ ।

Next Post

ढाई सय अपांगता भएकालाई परिचयपत्र

२६ चैत्र २०७५, मंगलवार १७:५१
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिका क्षेत्रभित्रका २ सय ८० अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । वडा नं. १ मा २७ जना, २ मा ५८, वडा नं. ३ मा २४, वडा नं. ४ मा २४, वडा नं. ५ मा २६, वडा नं. ६ मा ३४, वडा नं. ७ […]

सम्बन्धित