विश्व स्वास्थ्य दिवस मेरो टुकी प्रज्ञालयमा विविध कार्यक्रम गरी मनाईयो

२५ चैत्र २०७५, सोमबार ०७:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्व स्वास्थ्य दिवस–२०१९ को अवसर पारेर नेपालगञ्जमा रहेको मेरो टुकी प्रज्ञालय प्रिस्कूलले स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम गरी मनाएको छ ।
सो दिवशको अवसरमा बरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोराले प्रज्ञालयमा अध्ययनरत सबै बालबालिकाको विशेष परीक्षण गर्दै बालबालिकाको स्वास्थ्य, पोषण र वृद्धिको अवस्थाको बारेमा जनाकारी गराईन ।
बबालिकाको पोषण, वृद्धि, र शारिरीक, मानसिक र अन्य समस्यामा केन्द्रित रहेर एक वर्षसम्म विभिन्न चरणमा गरिने निरन्तर परीक्षण शोधको हिस्सा रहेको मेरो टुकी प्रज्ञालयका संचालक भोजराज शर्माले बताए ।
उनले प्रज्ञालयले अवलम्बन गरेको तनावरहित, अप्रतिश्पर्धी, उमङ्ग र मैत्रीकेन्द्रित विशेष शैक्षिक कार्यक्रमले बालबालिकाको समग्र शारीरिक र मनोसामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेमा आशावादी रहेको बताए ।
कार्यक्रममा उपस्थित अभिभावकहरूलाई विभिन्न पोस्टर र पम्प्लेटमार्फत् अटिज्म, डाउन सिन्ड्रोम, एन्जाइटी, मनोत्रास, अवसाद आदिजस्ता बच्चालाई हुनसक्ने मानसिक समस्याहरूबारे पनि प्रशिक्षण दिइएको थियो । कार्यक्रममा स्वास्थ्यसम्बन्धी विविध मनोरञ्जनात्मक खेलहरू खेलाइएका थिए ।
अभिभावक रुद्र अधिकारी प्रज्ञालयले बेलाबेला आयोजना गर्ने अभिभावककेन्द्रित यस्ता कार्यक्रम विशेष हुने भरेको बताउँछन् । अभिभावकलाई अतिरिक्त शुल्क नलिई यसप्रकारका कार्यक्रमहरू गरिरहने भएकोले आफू खुसी हुने गरेको अभिभावक पूजा कुँवरले बताइन् ।
१५ दिने मधुमास उत्सब मनाइरहेको प्रज्ञालयले यही समयभित्र अटिज्म सचेतना दिवस, विश्व स्वास्थ्य दिवस, खेलकूद लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरू गरी चैत्र २९ गते समापन गरिने निर्देशक कल्पना खड्काले जानकारी दिईन ।

Next Post

बाँके बर्दियामा आईरन र जिंकसहितको पोषण युक्त गहुँको बिउ खेती सुरु

२५ चैत्र २०७५, सोमबार ०७:१६
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज   :  उत्पादन लागत नै उठाउन धौ–धौ हुने बाँके र बर्दियाका गहुँखेति गर्दै आएका किसानको लागि थोरै क्षेत्रफलमा पुरानो रैथाने गहँु ठाँउमा नयाँ जातको बढि उत्पादन दिने पोषणयुक्त गहुँको बीउ उत्पादन सुरु गरिएको छ । परम्परागत रुपमा गहुँ खेति गर्दै आएका बाँके बर्दियाका किसानको लागि सिसा÷सिमिट […]