बाँकेमा मंगलवार ४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ६ पुष २०७८, मंगलवार १४:४३
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १६ नमुना परीक्षण गर्दा ३ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।


यस्तै बागेश्वरी ल्याबमा ११ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९४ पुगेको छ ।

यस्तै ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुराका पाँच वटा मेडिकल सिल

६ पुष २०७८, मंगलवार १४:४३
नेपालगञ्ज : बाजुरामा मेडिकलहरू गैरकानुनी रूपमा चलाएको भन्दै औषधी व्यवस्था विभागले पाँच वटा मेडिकललाई सिल गरेको हो । जिल्लाको उत्तरी क्षेत्रमा रहेको प्रभा आयुर्वेद, कोल्टीमा रहेको नबिन मेडिकल, विशाल आयुर्वेद औषधी पसल सिल गरेको हो । यस्तै पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनिक र संज्याल हेल्थ क्लिनिकलाई सिल गरेको जनाएको छ […]