अबैध उत्खननमा प्रयोग भएका जेसिबि, टिप्पर टेक्टर जरिवाना तिरेर छाडियो

१६ बैशाख २०७७, मंगलवार १८:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  लकडाउनको मौकाछोपी रापती नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन गर्दै गरेका जेसीबी, टिपर र टेक्टरलाई ३ लाख ८५ हजार जरीवाना गरी छाडिएको छ ।

सशसत्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँके नेपालगञ्जले राप्ती नदीबाट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाएको थियो ।

सशस्त्र प्रहरीले गत बैशाख ११ गते बिहान २ बजे डुडुवा गाउपालिका–५ कम्दी नजिक राप्तीनदीबाट बालुवा तथा गिटी लोड गर्दै गरेको अवस्थामा २ वटा जेसिबिले ५०–५० हजार, ८ वटा टिप्पर ३०–३० हजार र ७ वटा टेक्टरले १५–१५ हजार जरिवाना जरिवाना गरेर छाडिएको जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

लकडाउनको बेलामा जेसिबि प्रयोग गरी नदीबाटै उत्खनन गर्ने कार्यमा संलग्न जेसिवि, टेक्टर र टिप्परलाई हदैसम्मको कारवाही गरिएको उनले बताए । लकडाउनको मौकामा राजनैनिक संरक्षणमा नदी जन्य पदार्थ चोरी गर्ने गिरोह नै सक्रिय छ ।


कृषि कर्ममा प्रयोग गर्ने उद्देश्यले बिशेष सुविधामा झिकिएका टेक्टर नदीजन्य पदार्थ तथा अन्य अबैध कार्यमा प्रयोगमा ल्याईदा संम्बन्धित निकायले चासो नदिदा सुबिधा दुरुपयोग गर्दै अवैध उत्खननमा प्रयोग हुँदै आएका यी साधनबाट असुल गरिएको सो जरिवाना अहिलेसम्मकै बढी भएको जनाईएको छ ।

अबैध उत्खननमा प्रयोग भएका जेसिबि, टेक्टर र टिप्पर नियन्त्रणमा

Next Post

फैजाने मदिना मस्जिदमा आश्रय लिएका विद्यार्थी तथा मौलानाको स्वाब संकलन

१६ बैशाख २०७७, मंगलवार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन स्थानीय प्रशासनले बाँकेमा रहेका धार्मिक संस्थाहरुको अनुगमन तथा त्यहाँ आश्रय लिएका धर्मगुरु, विद्यार्थीको कोरोना परिक्षण गर्नका लागि स्वाव संकलन सुरु गरेको छ । अन्तरधार्मिक समाजिक सद्भाव समिति, मुस्लिम आयोग अनुगमन समितिको सहभागितामा मंगलबार फुलटेक्रामा रहेको फैजाने मदिना मस्जिद र मदरसामा रहेका […]

ताजा अपडेट