ठुलो परिमाणको लागुऔषधसहित रुकुममा तीन पक्राउ

२० कार्तिक २०७५, मंगलवार १४:२३
 

सदरलाइनडटकम,
रुकुम : ठुलो परिमाणको लागुऔषधसहित रुकुममा तीन जना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका १३ भल्म स्थित १० किलो चरेशसहित आठबीसकोट नगरपालिका ९ का ४२ बर्षीय इन्द्र चन्द, सोही नगरपालिका ३८ बर्षीय कर्णबहादुर शाही र सिद्धकुमाख गाउँपालिका सल्यानका ६० बर्षीय हिक्मत बुढाथोकी पक्राउ परेका हुन् ।
लागूऔषध चरेश ओसार–पसार भईरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट मंगलवार बिहान गएको टोलीले उनीहरुलाई प्रक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
उनीहरुको साथबाट १० किलो १०० ग्राम कालो चरेश, २ थान तराजु, १७ वटा नापतौल गर्ने पुरानो सिक्का, १ थान ढक, ३ थान मोबाईल, एकवटा स्प्रिङ तराजु र ४३ हजार ४ सय ४५ रुपैयाँ नगद बरामद गरिएको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Next Post

पोखरा पल्टन बन्यो पिपिएलको बादशाह

२० कार्तिक २०७५, मंगलवार १४:२३
सदरलाइनडटकम, पोखरा : पोखरा प्रिमियर लिगको उपाधि स्थानीय क्लब पोखरा पल्टनले जीतेको छ । पोखरामा मंगलवार सम्पन्न फाइनल खेलमा शरद भेषवाकरको नेतृत्वमा रहेको पोखराले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई तीन विकेटले पराजित गरेको हो । चितवनले दिएको १६० रनको लक्ष्य पोखराले ७ विकेटको क्षतिमा पूरा गरेको हो । पोखराका लागि […]