भेरीलाई प्रदेस्तरीय अस्पताल बनाइने : मन्त्री राई

१९ चैत्र २०७५, मंगलवार १७:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शहरी विकास मन्त्री मो.इस्तियाक राईले इण्डोर ब्लक निर्माण शुरु भइसकेकोले अस्पतालमा आउने विरामीहरुले पूर्वाधार अभावमा सेवाबाट प्रभावित हुन नपर्ने बताएका छन् । धेरै पटकको प्रयासपछि भेरी अस्पताललाई स्तरोन्नति गर्न सफल भएको भन्दै उनले आफ्नो कार्यकालमा यस क्षेत्रका नागरिकलाई एउटा सानो उपहार दिन पाएकोमा खुशी लागेको बताए ।
३२ करोड ३१ लाख ३ हजार ७९३ रुपैयाँको लागतमा निर्माण हुने इण्डोर ब्लक तथा ६९ लाख ३१ हजार ६५५ लागतमा निर्माण सकिएको नर्सिङ्ग आवास भवनको मंगलवार उद्घाटन गदै शहरी विकास मन्त्री राईले स्वास्थ्य मन्त्रालयले अस्पतालको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेपछि शहरी विकास मन्त्रालयले कार्यान्वयनमा तीव्रता दिएको जिकिर गरे ।



इण्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएपछि आफु उत्साहित भएको स्मरण गर्दै मन्त्री राईले अस्पतालको स्तरवृद्धिसँगै पूर्वाधार निर्माणका लागि निरन्तर प्रयासरत रहेको दाबी गरे । मन्त्री राईले भेरी अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गरिने बताए । अस्पतालको पूर्वाधार विकासमा संघीय सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले समयमै काम सक्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए ।
बिशेषज्ञ सेवा प्रदान गर्न संघीय सरकार प्रतिबद्ध रहेको भन्दै उनले मानव स्वास्थ्यसँग खेलवाड नगर्ने तर्फ स्वास्थ्यकर्मीलाई सचेत गराए । हाल १५० शैय्या रहेको अस्पतालमा विरामीको चाप अनुसार इण्डोर ब्लकको आवश्यकता देखिएपछि निर्माण शुरु भएको भन्दै अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा.राजन पाण्डेले खुशी व्यक्त गरे ।

Next Post

किर्ते गरेको अभियोगमा मालपोत अधिकृत पक्राउ

१९ चैत्र २०७५, मंगलवार १७:२४
सदरलाइनडटकम, नेपालगञ्ज : मालपोत कार्यालय बर्दियाका निमित्त प्रमुख मालपोत अधिकृत रामकुमार बोहरालाई बर्दिया प्रहरीले पक्राउ गरि बाँकेमा बुझाएको छ । करिब चार महिनाअघि ठाकुरबाबा नगरपालिका नेउलापुरमा रहेको सरकारी जमिन व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा अनुसन्धानका लागि उनलाई बर्दिया प्रहरीले मालपोत कार्यालयबाट पक्राउ गरि बाँके पठाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक […]