लागुऔषधसहित बर्दियामा २ जना पक्राउ

सदरलाइन संवाददाता २२ श्रावण २०७८, शुक्रबार १५:२६
 

बर्दिया : बर्दियामा लागुऔषध (ब्राउन सुगर) सहित २ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नं. ६ निलो पेट्रोल पम्प नजिकैको सडकवाट गुलरिया ४ का २१ बर्षीय सन्तोष भट्टराई र वडा नं.७ का २२ बर्षीय अर्जुन सुनारलाई ९३० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।


उनीहरुलाई शंकास्पद रुपमा हिडडुल गरेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज बाँके र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारी खानतलासी गर्दाउक्त परिमाणमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।

फेला परेको लागु औषधसहित उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्चुला घटनाको छानबिन समिति हेलिकप्टरमार्फत माल पुग्यो

२२ श्रावण २०७८, शुक्रबार १५:२६
दार्चुला : महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्याँसको माल पुगेको छ । बिहीबार भारतीय बाटो हुँदै घट्नास्थल पुगेको छानबिन समितिको टोली नेपालतर्फको घट्नास्थल हेर्न हेलिकप्टरमार्फत शुक्रवार त्यहाँ पुगेको हो । व्याँस गाउँपालिका २ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग […]

सम्बन्धित