सदरलाइनडटकम,
दाङ : सडक दुर्घटनामा परि दाङमा एकजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डको घोराही–११ खैरा चोकमा भएको सडक दुर्घटनामा परि घोराही–८ निवासी १९ वर्षीय मोटरसाइकल चालक रेशम वलीको मृत्यु भएको हो ।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा २ प ९३५० नम्वरको मोटरसाइकल खैरा चोकमा रोकी राखेको रा १ त १९३८ नम्वरको ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनापछि गम्भिर घाइते भएका वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
यस्तै मोटरसाइकलको पछाडि सवार घोराही १० निवासी १८ वर्षीय अमृत चौधरीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम थापाले जानकारी दिए ।
