मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

१७ चैत्र २०७५, आईतवार १४:१८
 

सदरलाइनडटकम,
बर्दिया : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका ९ वनगाँई ग्याङ नदी नजिक मोटरसाइक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प ६९६८ र विपरीत दिशाबाट आइरहेको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
मृत्यु हुने बर्दिया मधुवन–१ का २१ वर्षीय सुरज चौधरी १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का २३ वर्षीय खगेन्द्र बस्नेत रहेको इलाका प्रहरी बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए । उनीहरुमध्ये सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Next Post

मकैजोन सञ्चालक समितिको साधारणसभा हुँदै

१७ चैत्र २०७५, आईतवार १४:१८
सदरलाइनडटकम, नेपालगञ्ज : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन सञ्चालक समितिको आईतवार साधारण सभा एवं कृषक भेला भईरहेको छ । मैक जोन सञ्चालक समिति बाँकेको आयोजनामा नेपालगञ्जमा जारी भेलाले नयाँ सञ्चालक समिति चयन गर्नेछ । सञ्चालक समितिका संयोजक जयपाल मौर्यको अध्यक्षता एवं कृषि ज्ञान केन्द्रका प्रमुख सागर […]