कोरोनाको सूचना लागि नेपालगञ्ज उपमहानगरद्वारा टोल फ्रि नंम्बर जारी

१४ चैत्र २०७६, शुक्रबार २२:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ (नोबल कोराना भाईरस) को संक्रमण फैलनबाट जोगाउन अहिलेको विषम परिस्थितिलाई मध्येनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले निशुःल्क टोल फ्रि नम्बर सुचारु गरेको छ ।

कोरोना भाईरससंँग सम्बन्धित सूचना दिनुपर्ने अथवा सूचना लिनुपर्ने कुनै पनि जानकारी भएमा उपमहानगरले सुचारु गरेको टोल फ्रि नम्बर १६६०८१५२०५२ मा कल गर्न सकिने छ ।


यो नंम्बरमा फोन गर्दा कुनै पनि पैसा लग्दैन ।

यस टोल फ्रि नम्बरमा भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठ, नेपाली सेनाका क्या. विकास र नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द सिधै सम्पर्कमा आउने जनाईएको छ ।

Next Post

लकडाउनबाट प्रभावित विपन्न वर्गलाई रिलिफ फण्डबाट राहत वितरण गरिदै

१४ चैत्र २०७६, शुक्रबार २२:१९
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ (नोबल कोरना) भाईरसको संक्रमणबाट जोगिन आव्हान गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर मर्कामा परेका छन् । लकडाउनको चौथोदिन उनीहरु भोकै बस्न पर्ने अवस्था आएको कारण उनीहरुको घर–घरमा राहत पुराउने तयारी कोबिड–१९ रिलिफ फण्ड बाँकेले तयारी सुरु गरेको फण्डका सञ्चालक प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले […]