मकैजोन सञ्चालक समितिको साधारणसभा हुँदै

१७ चैत्र २०७५, आईतवार १४:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन सञ्चालक समितिको आईतवार साधारण सभा एवं कृषक भेला भईरहेको छ । मैक जोन सञ्चालक समिति बाँकेको आयोजनामा नेपालगञ्जमा जारी भेलाले नयाँ सञ्चालक समिति चयन गर्नेछ ।
सञ्चालक समितिका संयोजक जयपाल मौर्यको अध्यक्षता एवं कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालको प्रमुख आतिथ्यतामा भईरहेको कार्यक्रममा जिल्लामा मकै जोन सञ्चालित क्षेत्रका कृषकहरुको उपस्थिती रहेको जोनका प्रमुख देवेशकुमार मिश्रले जानकारी दए ।
आगामी तीन वर्षे कार्यकालका लागि चयन गरिने समितिको संयोजकमा तीन जना आकाँक्षी रहेको बुझिएको छ । कृषक अजयकुमार मौर्य, उमेशकुमार यादव र रामधनी यादवले संयोजक पदमा दाबी गरेको जोन कार्यालयले जनाएको छ ।

Next Post

सडक दुर्घटनामा नेपालगञ्जमा एकको मृत्यु

१७ चैत्र २०७५, आईतवार १४:४०
सदरलाइनडटकम, नेपालगञ्ज : ट्रकले ठक्कर दिँदा नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । साइकला सवार नेपालगञ्ज २० मनिकापुरका बलराम मिश्रलाई बा ८ ख १६८४ नम्बरको ट्रकले सिद्धार्थ भ्यु होटेल अगाडी आज बिहान १० बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट सिकिस्त घाइते भएका मिश्रलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको […]