बाँकेमा जनताको बहुदलीय जनबाद बारे चर्चा

सदरलाइन संवाददाता १४ असार २०७९, मंगलवार १६:२२
 

नेपालगञ्ज : जननेता स्व. मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनबाद (जवज) नोपलका लागि मात्रै नभई बिश्वमै लोकतान्त्रिक रहेको एमाले नेताहरुले बताएका छन् । स्व. भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले नेताहरुले उक्त कुरा बताएका हुन् ।

प्रेस चौतरी बाँकेले मंगलबार आयोजना गरेको जनताको बहुदलीय जनबाद र अभिव्यत्तिः स्वतन्त्रता विषयक अन्तर संबाद कार्यक्रमा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा बाँके पार्टी इन्चार्ज सुर्य ढकालले जनताको बहुदलीय जनबादले कम्यनिष्ट पार्टीमा पनि लोकतन्त्रिक व्यस्था परिकल्पना गरिएको बताए ।

संसारका विभिन्न देशहरुमा एउटै कम्युनिष्ट पार्टी भइरहँदा जननेता भण्डारीले नेपालमा कम्युनिस्ट पार्टी बिच पनि प्रतिस्पर्धा हुन सक्ने अवधारणा राखेको जनाए । उनले जबजको १४ बिशेषता बारे चर्चा गरे ।


केन्द्रीय सदस्य दिपा शर्माले ४४ वर्ष कै उम्मेरमा जननेता भण्डारीले ल्याएको जवजको सिद्धान्त बिश्वकै लागि नमुना बनेको बताईन् ।

एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जवजले सञ्चार क्षेत्रलाई स्वतन्त्रताको अधिकार दिएको बताए । नेकपा बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जवज र सन्चार क्षेत्रबीचको अन्तर सम्बन्धका बारेमा चर्चा गरेका थिए ।

प्रेस चौतारी बाँकेको अध्यक्षतामा भएको कार्यक्रम प्रेस चौतारी बाँकेका सचिव कमल डांगीले सञ्चालन गरेका थिए । स्व. भण्डारीको जन्म जयन्तीका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीनदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

१४ असार २०७९, मंगलवार १६:२२
नेपालगञ्ज : राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनका अनुसार, पछिल्लो ६ घण्टामा बाँकेमा १५० मिलिमिटर वर्षा […]

सम्बन्धित