सदरलाइनडटकम,
खजुरा (बाँके) : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खजुरा गाउँपालिका २ सितापुरमा रहेको शुक्र माध्यमिक विद्यालय के गाउँको खेल मैदानलाई विहिबार सरसफाई गरिएको छ । आठौँको महिला हक्कि प्रतियोगिता सञ्चालन गर्नका लागि सितापुरको शुक्र माध्यमिक विद्यालयको खेल मैदान छनौट भएपछि त्यसलाई मर्मत तथा सरसफाई गरिएको हो ।
सितापुर युनाइटेड कल्वका स्थानिय युवाको अगुवाइ तथा सहभागितामा सरसफाई गरिएको हो । खजुराका स्थानियहरु आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको केहि खेल आफ्नै घर नजिक हुने भएपछि उत्साहित भएका छन । स्थानियहरु स्वस्फुर्तरुपमा खेल मैदानसँगै गाउँको सरसफाईमा जुटुको सितापुर युनाइटेड कल्वका अध्यक्ष गान्धी हमालले जानकारी दिए ।
खजुरा गाउँपालिका २ का वडाध्यक्ष देविलाल शर्मा सितापुरमा आउने पाहुनाको स्वागत गर्नका लागि स्थानीयवासी आतुर रहेको प्रतिक्रिया दिए । खेल अवलोकन गर्न, खेल्न र खेलाउनका लागि आउने पाहुनाको स्वागतका निमित्त स्वागत गेट बनाउने जिम्मेवारी पनि बाडफाड भईसकेको वडाध्यक्ष शर्माले बताए । स्थानीयले प्रतियोगिताको मिति तल्काल तोक्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह गरेका छन् ।