सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगन्ज–५ डिएसपी रोडमा प्रहरीले हतियार बनाउने कारखानामा छापा मारेर हतियार र हतियार बनाउन प्रयोग गरिने सामाग्री बरामद गरेको छ ।
प्रदेश नं. ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालय, नेपालगन्जको संयुक्त टोलीले जंगबहादुर नेपालीले संचालन गरेको हतियार बनाउने कारखानामा छापा मारेको हो ।
प्रदेश नं. ५ प्रहरी अनुसन्धान समूहका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वको टोलीले हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गण पेष्तोल १ थान, लामो स्प्रींग ३ थान, बासक, आरनलगायतका सामाग्री बरामद गरेको जनाएकोे छ । वडा प्रहरी कार्यालय, नेपालगन्जका प्रहरी निरीक्षक नारायण डाँगीले बरामद गरेका हतियार र जंगबीरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी पठाइएको बताए ।
उनले हतियार मर्मतको अनुमति लिएका नेपालीले नयाँ हतियारसमेत बनाएको बताए ।
Next Post
नरैनापुरमा आगलागी, चार घरगोठ जले
१५ चैत्र २०७५, शुक्रबार १३:०५
सम्बन्धित
-
१३ कार्तिक २०८०, सोमबार १४:०४
औद्योगिकक्षेत्र र औद्योगिकग्रामको टुङो लागेन
-
११ पुष २०७४, मंगलवार १९:००
यसवर्षको अन्तराल स्पेशीयल अवार्ड उमा र प्रतिभा पुरस्कार दीपकलाई
-
३ फाल्गुन २०७९, बुधबार १२:३७
ठुलो परिमाणको नक्कली नोटसहित नेपालगञ्जमा तीन जना पक्राउ
-
१८ फाल्गुन २०७५, शनिबार १९:२६
भिजन आँखा अस्पतालद्वारा एकदिने निशुल्क आँखा शिविर
-
२२ पुष २०७९, शुक्रबार १३:२२
दादुराको महामारी फैलिएपछि नेपालगञ्जमा शुक्रवारदेखि खोप लगाउन शुरु
-
१६ कार्तिक २०८०, बिहीबार १४:५२
कोहलपुरका ७५ प्रतिशत नागरिक खानेपानीबाट वञ्चित