कोरोनाबाट भेरी अस्पतालमा एक पुरुषको मृत्यु

सदरलाइन संवाददाता ७ आश्विन २०७८, बिहीबार १२:५४
 

नेपालगञ्ज : कोरोना सांक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा एक पुरुषको मृत्यु भएको हो ।

बैजनाथ गाउँपालिका ४ बाँकेका ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड– १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

भदौं ५ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो ।


सोही दिन उनी भेरी अस्पतालमा भर्ना भएका थिए । उनको एक महिनासम्म उपचार गरिएको थियो ।

स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीवार बिहान ४ बजे मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा एक व्यापारी मृत भेटिए, हत्याको आशंका

७ आश्विन २०७८, बिहीबार १२:५४
बैतडी : बैतडीमा बिहीवार एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई सन्सेरीमाण्डौमा मासु पसल व्यवसाय गर्दै आएका ४५ वर्षीय कमल सिंह महरा मृत फेला परेका हुन् । महरा संसेरी माण्डौकै एक पसल अगाडि मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन […]