बैतडीमा बस दुर्घटना हुँदा २१ घाइते

११ आश्विन २०७६, शनिबार १३:१४
 

सदरलाइनडटकम,
बैतडी : बैतडीमा एक यात्रीवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखन्डको पाटन नगरपालिका–६, लोर्खामा शनिवार बिहान ३ बजे दुर्घटनामा परेको हो ।
गम्भीर घाइते हुनेहरुमा कन्चनपुरको भीमदत्त नगरपालिकाका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् ।
यस्तै, गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए । चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

करणी गर्न खोज्ने तीनजना कारागार चलान

११ आश्विन २०७६, शनिबार १३:१४
सदरलाइनडटकम, कैलाली : कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर अपहरणपछि करणी गर्न खोज्ने तीन जना कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्वर १६ का १९ वर्षीय अनिल राना, २२ वर्षीय सञ्जित राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई कारागार चलान गरिएको हो । प्रहरीले जिल्ला सरकारी […]