मैनबत्तीबाट आगलागी हुँदा दैलेखमा बालकको मृत्यु

१३ कार्तिक २०७६, बुधबार १४:३०
 

सदरलाइनडटकम,
दैलेख : दैलेखको नौमूले गाउँपालिका–६, गोगनपानीका प्रेमबहादुर थापामगरको घरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा चार वर्षीय बालक ईश्वर थापाको ज्यान गएको छ । कोठामा बालिएको मैनबत्तीबाट सल्किएको आगलागीमा ज्यान गुमाउने ईश्वर नौमूले गाउँपालिका–१, तोलीका गणेश थापामगरको छोरा हुन् ।
आमाबुवासँग मामाघर गएका बेला आगलागी भएपछि बालकको ज्यान गएको हो । कोठामा बालकलाई सुताएर आमा जिनीषा थापामगर र बुबा गणेश छिमेकमा देउसी खेल्न गएको बेला पल्लो कोठाबाट सुरु भएको आगोले पूरै घर जलेपछि बालकको ज्यान गएको प्रहरीले जनाएको छ । खरले छाएको दुई तले घरको माथिल्लो तलामा सुत्ने बालबालिकाले प्लाष्टिकको बट्टामाथि राखेर बालेको मैनबत्तीले टेबलमा राखेको सल र कापी किताब सल्किएर पूरै घर जलेको इलाका प्रहरी कार्यालय नौमूलेका इञ्चार्ज प्रहरी नायब निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिए ।
आगलागीबाट घरसँगै जोडिएको खोरमा रहेका ५ वटा बाख्रा मरेका, घरमा भएको अन्न, लत्ता कपडा सबै नष्ट भएको र राति नै परिवारका सदस्यहरुलाई छिमेकीको घरमा सारिएको नौमूले गाउँपालिका–६ का वडाध्यक्ष दलबहादुर गुरुङले बताए ।
घरको धुरीमा आगो लप्का पुगिसकेपछि छिटो छरितो सबैले भागेर ज्यान जोगाएका तर बालकलाई त्यहाँ सुताएको कुरा आगलागीपछि घटनास्थलमा आमा आइसकेपछि मात्र थियो ।

Next Post

महेन्द्रनगरका सडकलाई आधुनिक बनाइने

१३ कार्तिक २०७६, बुधबार १४:३०
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रको मुहार फेर्नका लागि आधुनिक सडक निर्माणका लागि प्रक्रियाअगाडि बढाइएको छ । बजारका पाँचैवटै गल्लीमा ठूलो लगानीमा नाली सहितका पक्की सडक निर्माण गरिने भएका हुन् । क्षेत्रीय शहरी विकास आयोजनाले एशियाली विकास बैंकको ऋण सहयोगमा भीमदत्त नगरपालिकासँगको सहकार्यमा पाँचै गल्लीमा सडक बनाउन लागेको हो […]