कोरोना संक्रमितको संख्या आठ हजार नाघ्यो

५ असार २०७७, शुक्रबार १६:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय २६ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ३ सय ३८ जना पुरुष र ८८ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय १६ जना डिस्चार्ज भएका छन् ।

Next Post

बाँकेमा एकैदिन भेटिए चौध संक्रमित

५ असार २०७७, शुक्रबार १६:३६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १४ जनासहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको राप्तीसोनारी गाउँपालिकाका ७ र बैजनाथ गाउँपालिका गरी १४ जनामा कोरोना पुष्टि भएको हो । राप्तीसोनारी वडा नं. ३ की एक १७ महिने बालिकामा समेत संक्रमण भेटिएको छ । […]